१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १४:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बनेपा नगरपालिकाका संस्थापक मेयर डा. सुरेन्द्र वादेको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:२२:oo

काभ्रे जिल्लाको बनेपा नगरपालिकाका संस्थापक मेयर डा. सुरेन्द्रबहादुर वादे श्रेष्ठको निधन भएको छ। शनिबार बनेपास्थित शिर मेमोरियल अस्पतालमा उनको निधन भएको हो।

बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यका अनुसार बनेपा नगरपालिकाका तत्कालीन नगरपञ्चायतका संस्थापक नगरप्रमुख वादे श्रेष्ठको ६८ वर्षको उमेरमा निधन भएको हो। बनेपा– ८ निवासी डा. वादेलाई निमोनिया र ज्वरो आएपछि अस्पताल लगिएकोमा निधन भएको हो।

बनेपा नगरपालिकाले आइतबार शोक बिदा दिएको छ। मेयर शाक्यका अनुसार संस्थापक मेयरको निधन भएकोमा आइतबार बिहान बसेको कार्यपालिका बैठकले शोक बिदा दिने निर्णय गरेको हो।