१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १२:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

संविधानको पुनर्मूल्यांकन गर्ने वेला भएको छैन : पूर्वराष्ट्रपति यादव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:१९:oo

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधानको पुनर्मूल्यांकन गर्ने वेला नभएको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

अहिले नै संविधानको पुनर्मूल्यांकनको वेला नभएको भन्दै उनले अहिले पूर्ण रूपमा संविधान लागू गरेर जाने समय रहेको बताए। भूराजनीतिक, अन्तर्राष्ट्रिय परिप्रेक्ष्य, लोकतान्त्रिक व्यवस्था र कानुनको शासनलाई सोचेर नै संविधान बनाइएको भन्दै उनले यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न जरुरी रहेको बताए।

‘संविधानलाई पुनर्मूल्यांकन गर्ने वेला भएको छैन। यसलाई लागू गर्नेतिर हामी जाऔँ। एकाध चुनावहरू हुन्, राम्रोसँग यो लागू होस् त्यो हामी चाहन्छौँ। यो संविधानलाई जति हामीले संरक्षण गरेर लैजान सक्दैनौँ, भोलि हामीले यो देशलाई सम्हाल्न सक्दैनौँ। हामीले भूराजनीतिक, अन्तर्राष्ट्रिय परिप्रेक्ष्य यी सबै कुराहरू सोचेर यो देशको एकता, अखण्डतालाई कायम गर्दै लोकतान्त्रिक व्यवस्थालाई अघि बढाउँदै, कानुनको शासन जुन छ, यसलाई अघि बढाउँदै लगे हाम्रो देश सफल हुन्छ,’ पूर्वराष्ट्रपति यादवले भने।
 

ad
ad