१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुन्दा कर्णप्रिय छ, कार्यान्वयनको ठोस आधार आएन : कांग्रेस सांसद प्रदीप पौडेल

नीति तथा कार्यक्रममाथि प्रतिक्रिया

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:५४:oo

कांग्रेस सांसद प्रदीप पौडेलले नीति तथा कार्यक्रम सुन्दा कर्णप्रिय भए पनि कार्यान्वयन पक्ष बलियो नरहेको प्रतिक्रिया दिएका छन् । 

सैद्धान्तिक कुरामा सहमति गर्न सकिए पनि कार्यान्वयन पक्ष बलियो नभएकाले आगामी दिनमा संसदमा मिहिनेत गर्नुपर्ने उनको भनाइ छ । 

‘नीति तथा कार्यक्रम सुन्दा कर्णप्रियजस्तो सुनिन्छ । यसअघि पनि यस्तै सुनिन्थे । सैद्धान्तिक कुरामा सहमति गर्न सकिए पनि कार्यान्वयन कसरी हुन्छ भन्ने स्पष्ट ढंगबाट आएको छैन,’ उनले भने । 

सांसद पौडेलले विगतदेखि नै कानुनी जटिलताहरू रहेको चर्चा गर्दै आउँदा दिनमा कानुनी पक्षमा भएका समस्या हल गर्ने गरी कानुन निर्माण गरेर नबढेसम्म कुनै पनि सरकारले ल्याउने नीति तथा कार्यक्रम कार्यान्वयन हुन नसक्ने बताए ।