१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ५ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका नवीन गुरुङ
२o८o जेठ ५ शुक्रबार १५:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खाँदबारीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नवीन गुरुङ
नयाँ पत्रिका
२o८o जेठ ५ शुक्रबार १५:o७:oo

संखुवासभाको खाँदबारी नगरपालिका– ८ विष्णुधारानजिकै ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

आज शुक्रबार बिहान करिब ८ बजेतिर ट्याक्टर दुर्घटना हुँदा खाँदबारी– १ ढोलबाजेका स्थानीय ६३ वर्षीय यज्ञबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सरोज खनालले बताए। 

उनको अनुसार शुक्रबार बिहान ग्यारेजबाट को.२त ३२१६ नम्बरको ट्याक्टर कोसी राजमार्गको सडकमा निकाल्ने क्रममा ब्याक गर्दा स्थानीय तामाङलाई किचेको र घाइते भएका तामाङको उपचारको क्रममा भर्खरै जिल्ला अस्पतालमा मृत्यु भएको हो। 

ट्याक्टरचालक मकालु– २ का तीर्थ तामाङ रहेको र उनी फरार रहेको प्रहरीले जनाएको छ।