मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०८० जेठ ५ शुक्रबार ०६:३३:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
२०८० जेठ ५ शुक्रबार ०६:३३:००

नक्कली भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालको गिरफ्तारीले के संकेत गरेको ?  
यस प्रकरणमा लहरो तान्दा पहरो थर्किरहेको अवस्था छ । देशका गृहमन्त्रीदेखि माथिल्लो तहका निजामती प्रशासकसमेत संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यसै क्रममा भुटानी शरणार्थी नेता टेकनाथ रिजालसमेत पक्राउ परेका छन् । रिजालजस्तो भुटानी राजाको जेलनेल झेलेका र अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाइसकेका नेता यस प्रकरणमा संलग्न भएको भनी पक्राउ पर्नुले धेरैलाई झस्काएको हुनुपर्छ । उनले जानेरै गल्ती गरे या नजानेर गल्ती गरे, त्यो भविष्यमा हुने अनुसन्धानले नै बताउनेछ । 

यो प्रकरण सहज रूपमा टुंगोमा पुग्न सक्ने सम्भावना कति देख्नुहुन्छ ?
म त त्यस्तो सम्भावना खासै देख्दिनँ । बयानका क्रममा नाम आएका धेरै नेता र तिनका आफन्तहरू जोगिन सक्ने सम्भावना देखिँदै छ । हुन त बयानका क्रममा अभियुक्तले आरोप लगाउँदैमा कोही दोषी नै हुन्छ त भन्न सकिन्न । तैपनि, यति ठुलो प्रकरणमा नाम जोडिइसकेपछि पनि कतिपय नेता र तिनका आफन्तलाई भने सामान्य सोधपुछसमेत गरेको देखिन्न । त्यसले गर्दा पनि बिचमा केही चलखेल होला कि भन्ने आशंका बाँकी नै छ । 

यस प्रकरणले अन्तर्राष्ट्रिय जगत्सामु नेपालको प्रतिष्ठामा कस्तो प्रभाव पर्ला ?
यसले धेरै नै नराम्रो प्रभाव पारिसकेको छ । देशका उपप्रधानमन्त्री, गृहमन्त्री तथा सचिवसमेतको संलग्नताले नेपालको विश्वसनीयता गुमिसकेको छ । यसलाई राम्ररी टुंगोमा पुर्‍याउन सकिएन भने आगामी दिनमा हामीलाई विदेशीले विश्वास नगर्ने वातावरण बन्न सक्छ ।