१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रिजाल र मियाँलाई दुई दिन हिरासतमा राख्न अनुमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:१७:oo

काठमाडौं जिल्ला अदालतले नक्कली शरणार्थी प्रकरणमा अनुसन्धानका लागि आज पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शम्शेर मियाँलाई थुनामा राख्न अनुमति दिएको छ। 

अदालतले अनुसन्धानका लागि दुई दिन थुनामा राख्न अनुमति दिएको हो। रिजाललाई झापाबाट काठमाडौं आउने क्रममा प्रहरीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो

मियाँलाई सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट प्रहरीले पक्राउ गरेको हो। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगी प्रकरणमा यसअघि प्रहरीले १४ जनालाई पक्राउ गरिसकेको छ। प्रहरीले उनीहरूसँग बयान पनि लिइसकेको छ।