१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १६:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दाेलखाकाे चरणावती त्रिवेणीधाममा श्रीमद् देवीभागवत नवाह ज्ञान महायज्ञ हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:३१:oo

ऐतिहासिक महत्व बोकेको दोलखास्थित चरणावती त्रिवेणीधाममा श्रीमद् देवीभागवत नवाह ज्ञान महायज्ञ हुने भएको छ।

उक्त धामलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गरी मुलुकको समृद्धिमा समेत योगदान पुर्‍याउने उद्देश्यले उक्त महायज्ञ गर्न लागिएको बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयाेजक कमिटीले जानकारी गराएकाे छ।

महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक एवं वरिष्ठ कलाकार मदनदास श्रेष्ठले यही जेठ ७ गतेदेखि १५ गतेसम्म आयोजना हुने महायज्ञको उद्घाटन संस्कृतिविद् प्राध्यापक डाक्टर जगमान गुरुङले गर्ने बताए।

महायज्ञको पुराण कथा वाचन भने प्राध्यापक डाक्टर कान्ता भट्टराईले गर्नेछिन्। महायज्ञका पाहुनालाई सो धामनजिकै रहेको ज्येष्ठ नागरिक भवनमा बसोवासको व्यवस्था गरिने सो महायज्ञ मूल समारोह समितिका सदस्य सोभित उप्रेतीले बताए।

ad
ad