१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीको दाबी– नागरिकता विधेयक एक महिनाभित्र टुंगो लाग्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:२७:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकतासम्बन्धी विधेयक एक महिनाभित्रै टुंगो लाग्ने बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसद दीपक कार्कीको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। अघिल्लो प्रतिनिधिसभाबाटै पारित भएर राष्ट्रपतिकहाँ पुगेको उक्त विधेयक होल्ड भएर बसेको भन्दै उनले राष्ट्रपतिमार्फत प्रमाणीकरण गराउने विषयमा छलफल भइरहेको जानकारी दिए।

‘दुईवटै सम्भावना म देख्छु । त्यहाँ उपस्थित भएको सुझावको आधारको एउटा बाटो । अर्को बाटो फेरि यही सदनबाट नै। अहिलेको यो नयाँ सदनबाट त्यसको विषयमा एउटा- या त संकल्प प्रस्तावमार्फत, या अरू कुनै प्रस्तावमार्फत राष्ट्रपतिलाई त्यो विधेयकबारे प्रमाणीकरण गर्न अनुरोध गर्ने बाटो एउटा हुन सक्छ। या अर्को क्याबिनेटबाट डिसिजन गरेर राष्ट्रपतिसँग अनुरोध गर्ने पनि एउटा बाटो हुन सक्छ,’ उनले भने।

प्रधानमन्त्रीले नयाँ विधेयक ल्याउनुपर्ने मतसमेत रहेको भन्दै विभिन्न सम्भावनाहरूमा छलफल भइरहेको जानकारी गराए।