१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:५५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

२३ अंकले बढ्याे नेप्से, कारोबार रकममा पनि सुधार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:५५:oo

मंगलबार सामान्य अंकले बढेको सेयर बजार आज दोहोरो अंकले बढेको छ। सेयर बजार परिसूचक नेप्से आज २३.३९ अंकले बढेर १८४५.०१ विन्दुमा पुगेको छ।

आज सबै समूहको सेयर बढेको छ। यसमा पनि बिमा, विकास बैंक र जलविद्युत् समूहको सेयर उच्च अंकले उकालो लागेको छ।

आज नेप्सेसँगै कारोबार रकममा सुधार आएको छ। दुई सय ६६ वटा कम्पनीका २५ लाख ७७ हजार कित्ता सेयर किनबेच हुँदा  ८५ करोड ७६ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

यसमा पनि सबैभन्दा धेरै शिवम् सिमेन्टको पाँच करोड ४६ लाख रुपैयाँको सेयर किनबेच भएको छ भने आत्मनिर्भर लघुवित्तको सेयर १० प्रतिशत तथा इस्टर्न हाइड्रोपावर लिमिटेड, ग्रिनलाइफ हाइड्रोपावर लिमिटेड र आदर्श लघुवित्तको सेयर साढे नौ प्रतिशतभन्दा धेरै बढेको छ।