१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १५:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रथम राष्ट्रपतिको आरोप– कांग्रेस सहरकेन्द्रित हुन थाल्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:२२:oo

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले कांग्रेस सहरकेन्द्रित भएको आरोप लगाएका छन्।

बुधबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले पूर्वप्रधानमन्त्री स्व. गिरिजप्रसाद कोइराला रहुन्जेलसम्म गाउँ–गाउँमा पुगेर पार्टीका कुराहरू बुझ्ने प्रचलन भए पनि अहिले बिस्तारै हराउँदै गएको बताए।

अहिले केन्द्रीय समितिमा धेरै सदस्य रहे पनि त्यसको सही सदुपयोग हुन नसकेको बताउँदै उनले निर्वाचनका वेला आधा मात्रै केन्द्रीय सदस्यहरू जिल्लामा खटाएको भए निर्वाचनको नतिजा अर्कै आउने उनको ठम्माइ थियो। 

ad
ad