Skip This
अस्ट्रेलियाली सहायक विदेशमन्त्रीद्वारा प्रधानमन्त्रीसँग भेटवार्ता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ३ बुधबार
  • Saturday, 27 July, 2024
२o८o जेठ ३ बुधबार १o:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अस्ट्रेलियाली सहायक विदेशमन्त्रीद्वारा प्रधानमन्त्रीसँग भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ ३ बुधबार १o:o८:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका अस्ट्रेलियन सहायक विदेशमन्त्री टिम वाट्सले भेटवार्ता गरेका छन् । भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो । 

आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा उनले नेपालको विकास र समृद्धिमा अस्ट्रेलियन सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षा गरेका थिए । प्रधानमन्त्रीले अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको अवस्था र समस्याबारे चासो व्यक्त गरे । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले अस्ट्रेलियाका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो पनि दिएका थिए ।  

भेटमा नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यावसायीकरण र कृषिमा आधारित उद्योगहरूको विकास र पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहयोगबारे छलफल भएको थियो । मन्त्री वाट्सले अस्ट्रेलियामा नेपालीहरूले राम्रो प्रभाव पारेको भन्दै उनीहरूको योगदानको प्रशंसा गरे । उनले नेपालको विकास र समृद्धिको अभियानमा अस्ट्रेलियन सरकार र जनताको सहयोग निरन्तर रहने विश्वास दिलाए ।