मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०८० जेठ ३ बुधबार ०८:११:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भारत र थाइल्यान्डमा टेलिकमको रोमिङ शुल्क घट्यो

Read Time : < 1 मिनेट
२०८० जेठ ३ बुधबार ०८:११:००

भारत र थाइल्यान्डमा नेपाल टेलिकम (एनटिसी)को प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोग गर्दा रोमिङ सेवाबापत लाग्ने महसुल घटाइएकोे छ । आइटियू डेको अवसरमा टेलिकमले बुधबारदेखि लागू हुने गरी रोमिङ सेवादर घटाएको हो । 
नयाँ दरअनुसार भारतमा टेलिकमको सिम लिएर भारतकै कुनै नम्बरमा कल गर्दा प्रतिमिनेट सात रुपैयाँ शुल्क लाग्नेछ ।

त्यसैगरी, नेपाल वा अन्य देशको जुनसुकै नम्बरबाट आएको कल उठाउँदा पनि प्रतिमिनेट सात रुपैयाँ लाग्नेछ । साथै, भने एसएमएस गर्दा प्रतिएसएमएस सात रुपैयाँ नै लाग्नेछ । यसअघि भारतको कुनै नम्बरमा कल गर्दा प्रतिमिनेट ३० रुपैयाँ, अन्य नम्बरबाट आएको कल उठाउँदा १४ रुपैयाँ र एसएमएस गर्दा २४ लाग्ने व्यवस्था छ ।  

त्यसैगरी, अब थाइल्यान्डमा एनटिसीको मोबाइलबाट थाइल्यान्डकै नम्बरमा कल गर्दा र नेपालमा भएको नम्बरमा कल गर्दा प्रतिमिनेट ५० रुपैयाँ मात्र लाग्नेछ । साथै, आएको कल उठाउँदा प्रतिमिनेट २५ रुपैयाँ र एसएमएस गर्दा प्रतिएसएमएस १० रुपैयाँ लाग्नेछ । यसअघि थाइल्यान्डमा एनटिसीबाट कुनै नम्बरमा कल गर्दा प्रतिमिनेट एक सय ३५ रुपैयाँ र अन्य नम्बरबाट आएको कल उठाउँदा ९० रुपैयाँ लाग्ने व्यवस्था थियो । साथै, एसएमएस गर्दा प्रतिएसएमएस ३४ रुपैयाँ लाग्ने थियो ।