१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:१५:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

चलचित्र विकास बोर्डले दाङमा ‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:१५:oo

चलचित्र विकास बोर्डले ‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ आयोजना गर्ने भएको छ। बोर्डले पहिलोपटक  दाङमा असार १ देखि ३ गतेसम्म  महोत्सव आयोजना गर्न लागेको हो।

बोर्डका प्रवक्ता केएल बुढाथोकीका अनुसार महोत्सवमा बालबालिकासँग सम्बन्धित तथा बालबालिकाले निर्माण गरेका लामा तथा छोटा शिक्षामूलक चलचित्रहरूको प्रदर्शनी हुनेछ। यस्तै, चलचित्र ज्ञानसम्बन्धी हाजिरीजवाफ प्रतियोगिता, पुस्तक प्रदर्शनी एवं फोटो प्रदर्शनी तथा चलचित्र नृत्य प्रतियोगितासमेत हुनेछ।

महोत्सवको दौरान स्थानीय झाँकी र सांस्कृतिक प्रदर्शनीसहित अध्यक्ष भुवन केसीको परिचयात्मक श्रव्यदृश्य सामग्रीसमेत प्रदर्शन हुने प्रवक्ता बुढाथोकीले बताए। 

बालबालिकालाई  चलचित्रको माध्यमबाट शिक्षा र संस्कृतिलाई अगाडि बढाउने, चलचित्रको अभ्यास गराउने, बाल चलचित्र क्लब गठन तथा सञ्चालनमा प्रोत्साहन गर्ने, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बाल चलचित्र महोत्सवहरूमा उनीहरूले बनाएका चलचित्र सहभागी गराउने उद्देश्यले राष्ट्रिय बाल चलचित्र महोत्सव आयोजना गर्न लागिएको बोर्डले जनाएको छ।