१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लेखा समितिले गर्ने हरेक काम सार्वजनिक गर्न सचिवलाई सभापतिको निर्देशन  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:२८:oo

सार्वजनिक लेखा समिति सभापति अर्जुननरसिंह केसीले समितिले गर्ने हरेक काम सार्वजनिक गर्न समिति सचिवलाई निर्देशन दिएका छन्।

मंगलबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको पहिलो बैठकमा बोल्दै सभापति केसीले देशको अर्थतन्त्रमा देखिएका अनियमितता र भ्रष्टाचारलाई निर्मूल गर्न कसिएर बसेको समितिले गरेका काम आमजनताले थाहा पाउन आवश्यक रहेको भन्दै अब समितिले गर्ने हरेक काम सार्वजनिक गर्न निर्देशन दिएका हुन्।

उनले सार्वजनिक लेखा समितिले गर्ने हरेक कार्यहरू सार्वजनिक गर्न आवश्यक रहेको बताए। सार्वजनिक लेखा समितिका सभापति वा सदस्यहरू पार्टीभन्दा माथि उठेर काम गर्नुपर्ने बताउँदै केसीले निष्पक्ष, यथार्थ र भ्रष्टाचारविरुद्धको अभियन्ताको रूपमा लेखा समितिलाई स्थापित गर्नु अहिलेको आवश्यकता भएको बताए।

उनले पछिल्लो समय नीतिगत निर्णयको नाममा सबै राजनीतिक दलहरूबीच आमसहमति गर्ने अवस्था देखिएको भन्दै अब त्यस्तो भए स्वीकार गर्न नहुने बताए।

सरकारको बेरुजुको ७५ प्रतिशत भ्रष्टाचार भएको बताउँदै उनले अहिले एक खर्ब १५ अर्ब ५पाँच करोड बेरुजु रहनु मुलुकको अर्थतन्त्र कहालीलाग्दो अवस्थामा रहेको औँल्याए।

पार्टीका प्रमुख नेताहरू मिलेपछि जुनसुकै पनि नीतिगत निर्णय हुने अवस्थाको अन्त्य गर्न आवश्यक रहेको बताए। नीतिगत निर्णयको आडमा नै भ्रष्टाचारका धेरै काण्डहरू लुकेर बसेको बताउँदै उनले नीतिगत निर्णयका विषयमा सार्वजनिक लेखा समिति खरो रूपमा उत्रनुपर्नेमा जोड दिए।