१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वित्त नीति र मौद्रिक नीतिबीच समन्वय आवश्यक छ : गभर्नर अधिकारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:१४:oo

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय आवश्यक रहेको बताएका छन्।

सोमबार नेपाल राष्ट्र बैंकअन्तर्गतको नेपाल राष्ट्रिय कर्मचारी संगठनद्वारा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। मौद्रिक नीतिबाट सरकारले धेरै अपेक्षा गरे पनि मौद्रिक नीतिमा सीमितता रहेकाले सबै अपेक्षा समेट्न नसक्ने उनले स्पष्ट पारे।

राजनीतिक व्यवस्थामा चेक एन्ड ब्यालेन्स भएजस्तै मौद्रिक र वित्त नीतिमा पनि आवश्यक रहेको गभर्नरको भनाइ छ। बैंक तथा वित्तीय क्षेत्रमा नीति र नियमनका कारण यो वर्ष बाह्य क्षेत्रमा सहज रहे पनि आगामी दिनमा चुनौतीपूर्ण रहेको उनले बताए।

‘सरकार र समाजबाट मौद्रिक नीतिमाथि बढी अपेक्षा गरेको देख्छौँ। मौद्रिक नीतिका सीमाहरू छन्। राष्ट्र बैंकको उद्देश्य र मौद्रिक नीतिका उद्देश्यभन्दा बाहिर गएर थप काम गर्न खोज्दा उद्देश्यभन्दा बाहिर हुन्छ। वित्त नीति र मौद्रिक नीतिबीच समन्वय आवश्यक छ,’ गभर्नर अधिकारीले भने।