१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सफा हिमाल अभियानमा गएको सैनिक टोली सगरमाथाको शिखरमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:५४:oo

सफा हिमाल अभियान २०२३ अन्तर्गत सगरमाथा तथा ल्होत्से हिमाल सफाइमा संलग्न टोलीका पाँच सैनिक र पाँचजना शेर्पाले सोमबार बिहान विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन्। बिहान १० बजेर पाँच मिनेटमा उनीहरूले सगरमाथाको सर्वोच्च शिखर आरोहण गरेका हुन्।

सैनिक प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीका अनुसार प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वमा रहेको हिमाल सफाइ अभियानमा सहभागी सेनाका सहसेनानीद्वय विष्णुबल राई र दीपेन्द्रसिंह खत्री, अमल्दार शंकर कुँवर र प्युठ किशोर जबेगुले सगरमाथाको शिखर आरोहण गरेका हुन्। सोही अभियानमा सहभागी सरदार ओङ्छु शेर्पालगायत पाँचजना शेर्पा पनि सेनासँगै सगरमाथाको चुचुरो पुगेका छन्।

यसअघि वैशाख ४ गते सफा हिमाल अभियानकै सिलसिलामा अन्नपूर्ण सफाइ टोलीका सदस्यले अन्नपूर्ण हिमालको सफल आरोहण गरिसकेका छन्। गत चैत १४ गते जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले हिमाल सफाइ टोलीलाई झन्डा हस्तान्तरण गरेका थिए।

हिमाल सफाइ अभियानबाट करिब ३५ हजार किलो फोहोर संकलन गर्ने लक्ष्य रहेकोमा हालसम्म ३२ हजार तीन सय ११ किलो फोहोर संकलन भइसकेको सेनाले जनाएको छ।