Skip This
चिकित्सकको परामर्श शुल्क आजदेखि बढ्यो
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १ सोमबार
  • Monday, 12 May, 2025
रासस काठमाडौं
२o८o जेठ १ सोमबार १२:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चिकित्सकको परामर्श शुल्क आजदेखि बढ्यो

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १ सोमबार १२:४८:oo

नेपाल चिकित्सक संघ र एसाेसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ।

संघका महासचिव डा. सञ्जीव तिवारीले आज सोमबारदेखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क  पहिलेको शुल्कमा १४ प्रतिशत बढाइएको जानकारी दिए। संघले चिकित्सको परामर्श शुल्क दुई वर्षपछि  बढाएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट शुल्क पुनरावलोकन तथा निर्धारण नहुञ्जेलसम्मका लागि बहिरंग सेवा शुल्क (ओपिडी)मा वैज्ञानिक तथा सरोकारवाला निकायको परामर्शको आधारमा शुल्क तोक्न सकिने अख्तियारीलाई मुख्य आधार बनाएर नेपाल राष्ट्र बैंकको मुद्रास्फीति तथा शुल्क परामर्श समितिले सिफारिस गरेको आधारमा शुल्क बढाइएको उनले बताए।

महासचिव तिवारीले चिकित्सकको नयाँ परामर्श शुल्क रु. नौ सय ४० देखि रु. चार सय २० सम्म तोकिएको बताए। नयाँ शुल्कअनुसार पाँच वर्षसम्म अनुभव भएका एमबिबिएस तथा बिडिएस तहका चिकित्सकको शुल्क रु. चार सय २०  र पाँच वर्षभन्दामाथि अनुभव भएकाको रु. पाँच सय १५ तोकिएको छ।

यस्तै, अब पाँच वर्षसम्म अनुभव भएका डिप्लोमा तहका चिकित्सकको रु. पाँच सय ९० र त्योभन्दा बढी छ भने रु. ६ सय ७० तथा  पाँच वर्षसम्मको अनुभव भएका  एमडी, एमएस, एमडिएस तहका चिकित्सकको रु. सात सय ५०  र पाँच वर्ष बढी अनुभव भएको रु. आठ सय शुल्क तोकिएको छ।

यस्तै, पाँच वर्षसम्मको अनुभव भएका डिएम–एमसिएच तहका चिकित्सकको रु. आठ सय ८० तथा पाँच वर्षभन्दामाथि अनुभव भएका एमडी–एमसिएच  तहका चिकित्सकको रु. नौ सय ४० र १० वर्षभन्दा माथिको अनुभव भएका एमडी–एमएस–एमडिएसका चिकित्सकको रु. नौ सय ४० शुल्क निर्धारण गरिएको छ।