१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format ११:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुत्केरीको मृत्यु प्रकरण : छानबिन गर्न समिति गठन  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:५५:oo

दाङको घोराही राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएको विषयमा छानबिन गर्न समिति गठन गरिएको छ। 

आइतबार दुवै पक्ष र सरोकारवालाबीचको छलफलले घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो। 

छानबिन समितिको प्रतिवेदनअनुसार आवश्यक कारबाही अघि बढाउने सहमति भएको प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 
 
गएको बिहीबार दिउँसो १ बजेतिर घोराही उपमहानगरपालिका– ८ सौडीकी २८ वर्षीया मधु बुढाथोकी केसीको प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थयो। 

त्यसपछि आफन्तले क्षतिपूर्तिको माग राख्दै आन्दोलन गरेका थिए।  प्रतिष्ठानले बच्चा जन्मिएपछि स्वास्थ्यमा अनपेक्षित जटिलता आई उनको  निधन भएको बताएको छ। 

सुत्केरी भएपश्चात् पाठेघर खुम्चिएर बन्द हुनुपर्नेमा रक्तश्राव बन्द नभएकाले औषधिको प्रयोग तथा अन्य विधि र प्रक्रियाद्वारा उपचार गरिएको भए पनि रक्तश्राव बन्द नभएपछि आफन्तको स्वीकृतिमा शल्यक्रिया गरी पाठेघर निकालिएको प्रतिष्ठानको विज्ञप्तिमा उल्लेख छ। 

रक्तश्राव नरोकिएकाले मृत्यु भएको प्रतिष्ठानले दाबी गरेको छ। तर, आफन्तले भने बच्चाको सालनाल ननिस्केको भन्दै उपचारमा खटिएका नर्सहरूले हात हालेर जबर्जस्ती सालनाल निकाल्न खोज्दा सुत्केरीको मृत्यु भएको बताउँदै आएका छन्। 

उपचारमा संलग्न डाक्टर र नर्सहरूले सुत्केरीको अवस्थाबारे आफन्तहरूलाई कुनै पनि जानकारी नगराएको र बिरामी अचेत भई स्वास्थ्य अवस्था जटिल भएपछि डाक्टरले आइसियूमा राखेर उपचार गर्ने भन्दै एकाएक कागज गराउन लगाएकोसमेत आरोप लगाएका छन् । सुत्केरी हुनुअघि सबै स्वास्थ्य परीक्षण गर्दा सामान्य रिपोर्ट आएको थियो । पछि प्रतिष्ठानको लापरबाहीले सुत्केरीको ज्यान गएको सुत्केरीकी आमा पूर्णा बुढाथोकीले बताइन् ।