१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:३३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम ९० करोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:३३:oo

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १६.९६ अंकले घटेर १८२१.६४ विन्दुमा झरेको छ।

दुई सय ६३ कम्पनीका २७ लाख ८८ हजार कित्ता सेयर किनबेच हुँदा ९० करोड पाँच लाख रुपैयाँबराबरको कारोबार भएको छ। सबैभन्दा धेरै नागरिक लगानी कोषको ५३ करोड पाँच लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ।

आज लगानीबाहेक सबै समूहको सूचक ओरालो लागेका छन्। लगानी समूहको सूचक १.१३ प्रतिशतले बढेको छ।

आज आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। सो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। राष्ट्र उत्थान लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ६.३७ प्रतिशतले घटेको छ।