१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १२:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लमजुङमा धारिलो हतियार प्रहार गरी साथीको हत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:४o:oo

लमजुङको मध्यनेपाल नगरपालिका– ८ लाङदीपारी मिदिम खोला जलविद्युत् आयोजनाको ड्याम साइडमा मजदुरी काम गर्ने एकजना मजदुरको हत्या भएको छ।

खोटाङको दिक्तेल–रूपाकोट–मजुवागढी नगरपालिका– १५ घर भएका  २९ वर्षीय अर्जुन रम्तेलले छिमेकी २५ वर्षीय सुनील श्रेष्ठको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार शुक्रबार रात १० बजेतिर रम्तेलले चक्कु प्रहार गर्दा श्रेष्ठ गम्भीर घाइते भएका थिए। उनको  थप उपचारका लागि पोखरा लाने क्रममा शनिबार राति १ बजे  मृत्यु भएको प्रहरीले जनाएको छ।

दुवैजना ड्याम साइडको क्याम्पमा बस्ने गरेको र शुक्रबार राति घरायसी कुरामा विवाद हुँदा अर्जुनले आफ्नो साथी सुनीलमाथि धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए। घाइते भएका श्रेष्ठको केही समयपछि निधन भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए।

घटनापश्चात् पोखरा गएका अर्जुनलाई जिल्ला प्रहरी कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय लमजुङ र इलाका प्रहरी कार्यालय भोर्लेटारको संयुक्त टोलीले पोखराबाट शनिबार बिहान पक्राउ गरेको लमजुङका प्रमुख प्रहरी डिएसपी प्रकाश श्रीमलले बताए। 

पक्राउ परेका अर्जुनलाई आइतबार अदालतमा म्याद थपका लागि उपस्थित गराउने तयारी भइरहेको छ। घटनामा संलग्न अर्जुन र मृतक सुनील श्रेष्ठ छिमेकी रहेको र दुवैजना मिदिम खोला जलविद्युत् आयोजनाको ड्याम साइडमा मजदुरी काम गर्दै आएका थिए।