१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १२:१२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कालिका माविमा विद्यार्थीको नेतृत्व छान्न निर्वाचन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:१२:oo

नवलपुरमा विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गर्न दलहरूबीच खिचातानी भइरहेको वेला कावासोतीको एउटा विद्यालयमा भने विद्यार्थीले आफ्नो नेता छान्न मतदान गरेका छन्।

पूर्वी नवलपरासीको कावासोती– ५ मा रहेको कालिका माविमा विद्यालयको अतिरिक्त क्रियाकलापअन्तर्गत विभिन्न समिति गठन गर्ने क्रममा विद्यार्थीले सौहार्दपूर्ण वातावरणमा निर्वाचन गरेका हुन्।

एकै पदमा आकांक्षी धेरै भएपछि समिति गठन प्रक्रिया निर्वाचनको माध्यमबाट टुंग्याइएको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक टीकाराम आचार्य बताए।

विद्यालयमा रहेको युवा रेडक्रस समिति, बाल क्लब, बाल भित्तेपत्रिका समिति तथा स्वयंसेवक समितिका अध्यक्ष तथा संयोजक पदमा मतदान गरी विद्यार्थीले नेतृत्व चयन गरेको विद्यालयका सूचना अधिकारी सुरजकुमार भुजेलले बताए। निर्वाचन प्रयोजनका लागि कक्षा चारदेखि १० सम्मका दुई सय २५ जना विद्यार्थीले मतदान गरेका थिए।

विद्यालयले निर्वाचन कार्यतालिका नै सार्वजनिक गरेर गरेको यस निर्वाचनले स्थानीय तहको निर्वाचनकै झल्को दिएको थियो। उम्मेदवार विद्यार्थीलाई प्रचारप्रसारका लागि एक दिन समय दिइएको थियो भने नेतृत्वमा आउन चाहने विद्यार्थीले आफ्नो प्रतिबद्धतासहित मत मागेका थिए।

यसले विद्यार्थीले निर्वाचनमा कसरी भाग लिने, कसरी आफूले चाहेको उम्मेदवारलाई मत दिनेजस्ता कुराको ज्ञान पाएको विद्यालयका प्रधानाध्यापक लेखराज पोख्रेलले बताए।

जुरेसको अध्यक्षमा सातजना विद्यार्थी चुनावी मैदानमा रहेकोमा कक्षा नाैका विद्यार्थी खुमबहादुर कानुङ विजयी भएका थिए। त्यसैगरी बाल क्लब अध्यक्षका लागि कक्षा आठका सृजन पाठक, बाल भित्तेपत्रिका निर्माण समितिकाे संयोजकमा कक्षा नाैका राजु कुमाल कक्षा, स्वयंसेवक संयोजकमा कक्षा नाैका मनबहादुर कानुङ विजयी भएको निर्वाचनमण्डलको संयोजक शिक्षक रेशमबहादुर थापाले बताए। विद्यार्थीले गरेको मतदानमा एक मत पनि बदर नभएको उनले बताए।