१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०८० बैशाख ३१ आइतबार १०:३६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

रेसुंगा विमानस्थलमा भद्रगोल व्यवस्थापन

Read Time : > 1 मिनेट
२०८० बैशाख ३१ आइतबार १०:३६:००

शुक्रबारबाट नियमित उडान भएको गुल्मीको रेसुंगा विमानस्थलको व्यवस्थापन भने भद्रगोल देखिएको छ । शुक्रबार बिहान काठमाडौंबाट आएको विमानका चालकसँग सम्पर्क गरिरहेकी नेपाल नागरिक उड्डयन प्राधिकरणकी एयर ट्राफिक कन्ट्रोलर आयुषा कार्की विमानस्थलको टावरमा एक्लै उभिएकी थिइन् । उनले उभिएरै वाकिटकीमार्फत विमानचालकसँग संवाद गरिरहिन् । टावरमा कार्की बस्ने कुर्सीसमेत थिएन । धुलोले धूमिल टावरको सिसा कार्की आफैँले सफा गरिन् ।

जहाज केही बेरमै फर्किए पनि कार्की केही दिन गुल्मीमै बस्ने बताइन् । रेसुंगा विमानस्थल सञ्चालनका लागि धेरै काम गर्नुपर्ने उनको भनाइ छ । ‘उपकरण र अफिस व्यवस्थापनसहित सुरक्षाका काम तत्काल गर्न आवश्यक देखेँ । उडानसँगै व्यवस्थापनको काममा नगरपालिकाले समन्वय र सहयोग गर्नुपर्छ,’ उनले भनिन्, ‘तत्काल वाकिटकीमार्फत सञ्चारको काम भएको छ ।’

पहिलो व्यावसायिक उडानमार्फत काठमाडौंबाट रेसुंगा ओर्लिएकी इस्मा गाउँपालिका–५ की गीता ज्ञवाली गन्तव्यका लागि अलमलमा थिइन् । किनकि, जहाजमा विमानस्थल झरे पनि इस्मा पुग्ने गाडी खोज्न तम्घास पुग्नुपर्छ । यात्रु झरे पनि जहाजबाट झोला झरेनन् । जहाजका पाइलट र सदस्यले झोला ओसार्नुप¥यो । ‘यो त निकै विडम्बना देखियो । केही पनि व्यवस्थापन नगरेर उडान कसरी गर्ने,’ जहाजका पाइलट मनेष विष्टले भने, ‘यो अवस्थामा अर्को उडान हुँदैन ।’ 

विमानस्थलमा सुरक्षा व्यवस्था पनि छैन । अवतरणमा विमान तल–माथि भएमा उद्धारका लागि जनशक्तिसहित दमकल तथा एम्बुलेन्स चाहिन्छ । तर, एउटा परीक्षण र एक व्यावसायिक उडान जोखिमबीच नै गरिएको छ । विमानस्थलमा यात्रु र पाइलटहरूका लागि प्रतीक्षालयसमेत छैन । विमानस्थल कार्यालयका शौचालयहरूमा पानी खस्दैनन् । तर, व्यवस्थापनको काम कसले गर्ने भन्ने यकिन छैन । रेसुंगा नगरका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले आउजाउ उडानमा नौजना यात्रुको सुनिश्चितमा आफूहरूले सहजीकरण गर्ने सम्झौता गरेकाले थप व्यवस्थापनको काममा समन्वय भइरहेको बताए ।

चार वर्षपछि नियमित उडान
गुल्मीको सिमिचौरमा निर्माण भएको रेसुंगा विमानस्थलमा २५ जेठ ०७५ मा तारा एयरको जहाजले कच्ची धावनमार्गमा सफलतापूर्वक धुले उडान गरेको थियो । तारा एयरकै जहाजले २४ पुस ०७९ मा ‘प्रुभिङ फ्लाइट’ गरेको थियो । गत १५ वैशाखमा नेपाल वायुसेवा निगमको जहाजले परीक्षण उडान ग¥यो । परीक्षण उडान गरेको निगमकै नाइनए एबिटी जहाजले नै शुक्रबार पहिलो व्यावसायिक उडान गरेको हो ।