मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १० बुधबार
  • Wednesday, 27 September, 2023
तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख ३० शनिबार १५:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

धेरै काण्ड लाइनमा छन्, सबैको अनुसन्धान हुनुपर्छ : रवि लामिछाने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख ३० शनिबार १५:२३:००

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एउटा काण्डको छानबिन गर्दैमा सरकारको नै सफलता भन्न नसकिने बताएका छन्।

शनिबार काठमाडौंको नक्सालमा नागरिक अगुवाहरू मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध बृहत् आन्दोलनमा पत्रकारहरूसँग कुरा गर्दै उनले लाइनमा रहेका अन्य धेरै काण्डहरूको अनुसन्धान भए सरकारको सफलता मान्न सकिने प्रस्ट पारे। नक्कली शरणार्थी काण्डलाई त्यसको सुरुवाती विन्दु मानेको भए सरकारलाई धन्यवाद दिनुपर्ने उनको भनाइ छ।

‘एउटा काण्डको अनुसन्धान खोल्दैमा सरकारलाई नै सफलताभन्दा अलि धेरै हुन्छ। त्यति धेरै पनि नलियौँ होला। आशावादी हुनुपर्छ। धेरै काण्डहरू लाइनमा छन्। ती काण्डहरू पनि अनुसन्धान होऊन्। अनि हेर्छौं। सरकारले यसलाई सुरुवात विन्दु मानेको हो भने स्याब्बास सरकार, तर यो रोकिनुभएन,’ उनले भने।

लामिछानेले सरकारले भ्रष्टाचार गर्ने पूर्वगृहमन्त्रीहरूलाई समेत कारबाहीको दायरामा ल्यायो भन्ने नजिर अन्तर्राष्ट्रिय देशलाई देखाउनु राम्रो भएको बताए। दोषीलाई बचाउन कसैले पनि विषयान्तर गर्न नहुने उनको भनाइ छ।