१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
श्रवण थापा सर्लाही
Invalid date format १४:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लागुऔषधसहित सर्लाहीबाट दुई पक्राउ

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
Invalid date format १४:३९:oo

सर्लाही प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ। शनिबार इलाका प्रहरी कार्यलय बरहथवाले पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो।

गत बिहीबार साँझ बरहथवा नगरपालिका–५ स्थित सडकबाट ठूलो परिमाणमा लागुऔषधसहित गोेडैता नगरपालिका–११ का २२ वर्षीय अजय सहनी र वडा नम्बर– ८ का ताजबाबु दर्जी पक्राउ परेका बताइएको छ।

सुराकीका आधारमा चेकजाँच गर्ने क्रममा मधुवनबाट काठमाडौंका लागि छुटेको बागमती प्रदेश ०६–००१ ख ०००३ नम्बरको यात्रुबाट लागुऔषधसहित उनीहरू पक्राउ परेका इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए। पक्राउ परेकामध्ये सहनी उक्त बसको सहचालक र दर्जी बसका कन्डक्टर रहेको प्रहरीले जनाएको छ।

चेकजाँचको क्रममा सहनीले बोकेको निलो रंगको ब्यागबाट सय एमएलको कोडिबयल कफ सिरफ ८९ बोटल, नोफिन २ एमएलको एम्पुल ९१ पिस, डाइजेपाम २ एमएलकोे एम्पुल ९१ पिस, फेनेरागन २ एमएलकोे एम्पुल ९२ पिस, २७४ पिस नाइट्राभेट–१०, २० पत्ता (तीन सय ट्याब्लेट) निटाज कियर–१० लगायत बरामद भएको थियो।

दर्जीले बोकेको ब्यागबाट कोडिबयल कफ सिरफ लेखिएको सय एमएलको बोटल ९८ पिस र एक थान स्क्रिन टच मोबाइल फोन बरामद भएको प्रहरीले जनाएको हो। दुवैविरुद्ध लागुऔषध ओसारपसार मुद्दामा अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी मिश्रले जानकारी दिए।