१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १३ आइतबार o७:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

फरार रायमाझी खोज्न संसदबाट प्रहरीले लग्यो सिसिटिभी फुटेज र कागजात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार o७:३४:oo

फरार एमाले सांसद टोपबहादुर रायमाझीले बिरामी रहेको भन्दै पठाएको निवेदन ल्याउने दूत पत्ता लगाउन प्रहरीले संसद् सचिवालयबाट सिसिटिभी फुटेज तथा आवश्यक कागजात लगेको छ । भुटानी शरणार्थीका नाममा भएको ठगी प्रकरणमा संलग्न रहेका भन्दै पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार भएका थिए । 

फरार अवस्थामै २५ वैशाखमा रायमाझीले उपचारमा रहेकाले सदनमा उपस्थित हुन नसक्ने भन्दै बिरामी भएको सूचना आफ्नो दूतमार्फत सभामुखको सचिवालयमा बुझाएका थिए । निवेदन बुझाउन आउने सम्पर्क व्यक्ति पहिचान गर्न शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आवश्यक कागजात र फुटेज लगेको हो । 

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सिआइबीबाट माग भएको कागजात र फुटेज उपलब्ध गराइएको बताए । ‘बिहीबार सिआइबीबाट चिठी आएपछि निवेदन प्राप्त भएको दिनको सिसिटिभी फुटेज उपलब्ध गराएको छ । सूचना–पत्र दिन आउने व्यक्तिको पहिचान हुन सक्ने आगन्तुक हस्ताक्षर रजिस्टर, नाम भएको अन्य दस्ताबेज पनि उपलब्ध गराइएको हो,’ उनले भने । रायमाझीको सूचना–पत्र ल्याउने व्यक्तिलाई आफूहरूले पनि नचिनेको उनले बताए ।

सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले सांसद रायमाझीको सूचना–पत्र बोकेर आएको व्यक्तिको कुनै विवरण दर्ता नभएको बताए । ‘पत्र आएको दिन सभामुखज्यू हाउसमा हुनुहुन्थ्यो । पत्र बोकेर आएका व्यक्तिले सभामुखको स्वकीय सचिव केशव ढुंगेलकहाँ छाडेर जानुभयो । त्यसपछि प्रक्रियामा गयो,’ उनले भने । 

ad
ad