१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षा सरकारले चाहेजस्तो छैन : अर्थमन्त्री महत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:o२:oo

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सरकारले चाहेजस्तो नभएको बताएका छन्।

शुक्रबार अर्थ मन्त्रालयमा राजस्व परामर्श समितिले निजी क्षेत्रसँग आगामी बजेटको लागि सुझाव लिने कार्यक्रममा अर्थमन्त्री महतले यस्तो बताएका हुन्। उनले राष्ट्र बैंकबाट अझ खुकुलो मौद्रिक नीतिको अपेक्षा गरे तापनि सरकारले चाहेजस्तो नभएको बताए।

‘आज मौद्रिक नीतिको तेस्रो समीक्षा आएको छ। तर, सरकारले चाहेजस्तो भएको छैन। तैपनि मलाई लाग्छ अर्थतन्त्रमा सकारात्मक सन्देश दिन्छ र लगानीकर्ताहरूलाई रकमको आवश्यकता छ। त्यसलाई पूर्ति गर्नेतर्फ मद्दत गर्छ,’ उनले भने।

अर्थमन्त्री डा. महतले बजारमा पछिल्लो समय भएको तरलता सहजता बनाई कर्जा प्रवाहका लागि सहज बनाउने बताए। सरकारले आगामी बजेटमा निजी क्षेत्रले दिएका सल्लाह–सुझावलाई औचित्य र आवश्यकताको आधारमा कार्यान्वयन गर्ने उनको प्रतिबद्धता छ।