Skip This
ट्विटरको नेतृत्व महिलाले गर्ने मस्कको घोषणा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
रासस वासिंगटन
Invalid date format १६:२५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

ट्विटरको नेतृत्व महिलाले गर्ने मस्कको घोषणा

Read Time : < 1 मिनेट
रासस, वासिंगटन
नयाँ पत्रिका
Invalid date format १६:२५:oo

ट्विटरका प्रमुख कार्यकारी एलोन मस्कले ट्विटरको नेतृत्व एक महिलाले गर्ने बताएका छन्। यसको नेतृत्वका लागि एनबिसी युनिभर्सलमा ग्लोबल विज्ञापन र साझेदारीको अध्यक्ष लिन्डा याकारिनोलाई नियुक्त गर्न लागेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

न्युयोर्क टाइम्सका अनुसार नाम नछाप्ने सर्तमा  एक अधकारीले यसको प्रक्रिया निकै अघि बढेको बताएका छन्। उनका अनुसार याकारिनो र मस्कबीच गत हप्तादेखि नै छलफल चलिरहेको छ।

गत महिना याकारिनोले मियामीमा एक विज्ञापन कार्यक्रमकाे मञ्चमा मस्कसँग अन्तर्वार्ता लिएको समाचार सार्वजनिक भएको छ। यसअघि बिहीबार पनि मस्कले ट्विटरका लागि प्रमुख कार्यकारी चयन गरेको बताएका थिए। यद्यपि, उनले परिचय भने खुलाएका छैनन्।

यता, वाल स्ट्रिट जर्नलले पनि याकारिनो मस्कसँग वार्तामा रहेको उल्लेख गरेको छ। गत वर्ष ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किनेका मस्कले प्रमुख कार्यकारीको नियुक्ति फरक व्यक्तिको भए पनि कम्पनीमा बलियो पकड कायम राख्नेछन्। ट्विटरको मालिकको रूपमा उनले यसका सात हजार पाँच सय कर्मचारीमध्ये ७५ प्रतिशतभन्दा बढी हटाउने र अनेक किसिमका सेवा सुविधा र रणनीति परिवर्तन गरेर यसमा आफ्नो पकड बलियो बनाएका थिए। 

मस्कले भर्खरै ट्विटरमा अर्को अपडेट थप्ने घोषणा गरेका छन् जसले यसका प्रयोगकर्तालाई इनक्रिप्टेड सन्देश सेवामा प्रारम्भिक पहुँच दिनेछ। अपडेट हाल प्रमाणित प्रयोगकर्ताहरूका लागि मात्र उपलब्ध छ।