१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
सौरभ यादव राजविराज
Invalid date format १४:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रशासन कार्यालय सप्तरीमा टोकन प्रणाली सुरु 

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १४:२२:oo

जिल्ला प्रशासन कार्यालय सप्तरीमा ‘टोकन’ प्रणाली सुरु भएको छ। 

कार्यालय परिसरभित्र शुक्रबार एक कार्यक्रम उद्घाटन गर्दै राजविराज नगरपालिका कार्यवाहक मेयर इसरत परविन र सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले टोकन प्रणाली सुरु गरेका हुन्। 

सेवा प्रवाहमा व्यवस्थापन गर्न टोकन प्रणाली सुरु गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए।

‘टोकन प्रणालीले सेवालाई थप सहज र व्यवस्थित एवं अनावश्यक झन्झटको अन्त्य हुने हाम्रो अपेक्षा छ,’ उनले भने, ‘यसअघि हुँदै आएको अव्यवस्थित भिडभाडलाई जति व्यवस्थित गर्ने प्रयास गर्दै आए तापनि पूर्ण व्यवस्थित हुन सकेको थिएन, जसका कारणले सेवाग्राहीलाई असहजताको सामना गर्नुपरेको थियो, तर अबदेखि सहजताका साथ सेवा पाउनुहुन्छ।’ 

उनले पालैपालो टोकन लिएर आफूलाई काम रहेको शाखामा गएर सेवा लिन सेवाग्राहीसँग आग्रहसमेत गरे। प्रमुख जिल्ला अधिकारी थापाका अनुसार टोकनका लागि जडान गरिएको मेसिनमा ‘राष्ट्रिय परिचयपत्र’, ‘राहदानी’, ‘नयाँ नागरिकता’, ‘अन्य’ र ‘नागरिकताको प्रतिलिपि’ गरी पाँचवटा विकल्प राखिएको छ । त्यसमध्ये आफूलाई चाहिएको सेवाको विकल्पलाई थिचेर टोकन लिई सेवा लिन सक्ने उनले जानकारी दिए।

टोकन सिस्टमलाई प्रभावकारी बनाउन कार्यालयका कर्मचारीसमेत सहजीकरणमा खटिने उनले बताए। जिल्ला प्रशासन कार्यालयमा दैनिक पाँच सयदेखि सात सयजना सेवाग्राहीले  सेवा लिने गरेका छन्।