१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २९ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख २९ शुक्रबार १२:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

क्याम्पस क्षेत्रमा विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जना काठमाडौं महानगरको कारबाहीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख २९ शुक्रबार १२:५९:oo

काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही गरेको छ।

शुक्रबार महानगरपालिकाका विभिन्न क्षेत्रका क्याम्पसमा विज्ञापनजन्य सामग्री बाँड्दै हिँड्ने ६१ जना कारबाहीमा परेका हुन्। पटकपटक विज्ञापनजन्य सामग्री क्याम्पस आसपासमा बाँड्दै नहिँड्न सूचना गरे पनि अटेर गरेपछि कारबाही थालेको काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले बताए।

महानगर क्षेत्रभित्र पर्चा, पोस्टरलगायतका विज्ञापनजन्य सामग्री नबाँड्न/नराख्न सूचना जारी गरे पनि नटेरेपछि कारबाही प्रक्रिया अघि बढाएको उनको भनाइ छ।

‘पहिलोपटक भएकाले हामीले संस्थाहरूलाई पाँच हजारको दरले जरिवाना गरेका छौँ। हामीले ६१ जनालाई लिएर आएका छौँ, उनीहरूलाई संस्थावाइज पाँच हजारका दरले जरिवाना गर्नेछौँ। अटेर गरिरहने हो भने जरिवानाको दायरा बढ्छ,’ उनले भने।