१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
शिल्पा कर्ण काठमाडौं
Invalid date format २o:२o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

उपभोक्ता समिति अध्यक्ष यादवसहित दुईजनालाई ६-६ महिना कैद

विदेह मिथिला क्षेत्र पर्यटन समितिको निर्माण कार्यमा भ्रष्टाचार

Read Time : > 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:२o:oo

विदेह मिथिला क्षेत्र पर्यटन प्रवर्द्धन समिति जनकपुरबाट सञ्चालित निर्माण कार्यमा भ्रष्टाचार भएको पुष्टि भएको छ। 
यस मुद्दामा दुईजना दोषी ठहर भएका छन्। यस मुद्दाका प्रतिवादी अनिरुद्ध मण्डलले भने सफाइ पाएका छन्। 
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य खुसीप्रसाद थारूको इजलासले बिहीबार यस्तो आदेश दिएको हो। 

मुद्दामा दोषी ठहर भएका ओमप्रकाश यादव र अजयकुमार यादवलाई ६-६ महिना कैदको फैसला भएको विशेषका उपरजिस्ट्रार नारद भट्टराईले जानकारी दिए। 

जनकपुरस्थित विदेह मिथिला क्षेत्र (सर्लाही, महोत्तरी, धनुषा र सिन्धुली) पर्यटन प्रवर्द्धन समितिमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० कात्तिक ०७५ मा विशेषमा मुद्दा दायर गरेको थियो। 

रकम हिनामिना गरी भ्रष्टाचार भएको दाबीसहित दायर मुद्दामा साढे चार वर्षपछि फैसला आएको हो। 

आर्थिक वर्ष ०६७-६८ मा अर्थ मन्त्रालयबाट प्रकाशित रातो किताबमा उल्लेखित बजेटअनुसार काम नगरी रकम खाई मासी भ्रष्टाचार गरेको दाबी अख्तियारको थियो। 

रामजानकी मन्दिर कम्पाउन्ड वाल निर्माण उपभोक्ता समितिका अध्यक्ष ओमप्रकाश यादवले उक्त निर्माण कार्य नगरी रकम हिनामिना गरेका थिए। जसकारण ६ महिना कैद हुने सजाय सुनाइएको हो। 

एक लाख ३५ हजार रुपैयाँभन्दा बढी रकम भ्रष्टाचार भएको दाबी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको थियो। विशेष अदालतले उनलाई यति नै रकम जरिवाना तथा सोहीबराबर बिगो असुलउपर गर्न आदेश दिएको उपरजिस्ट्रार नारद भट्टराईले बताए। 

साथै, ब्रह्मस्थान ब्रह्मबाबाको कम्पाउन्ड वाल निर्माण उपभोक्ता समितिका अध्यक्ष अजयकुमार यादवले पनि निर्माण कार्य नगरी रकम बुझेको तथा सरकारी रकम मासेको अभियोग लगाइएकोमा उक्त आरोप पनि पुष्टि भएको छ। 

विशेषले उनलाई एक लाख ३१ हजार रुपैयाँभन्दा बढी रकम भ्रष्टाचार गरेको आरोपमा सजाय सुनाएको छ। ६ महिना कैदका साथै सोही रकम जरिवाना तथा थप उति नै रकम बिगो असुलउपर गराउने फैसला भएको हो। 

अख्तियारले पर्यटन कार्यालय जनकपुरका तत्कालीन ओभरसियर अनिरुद्र मण्डललाई पनि दुई लाख ६६ हजार रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै प्रतिवादी कायम गरेकोमा उनलाई भने इजलासले सफाइ दिएको छ।