१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १७:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चितवन मेडिकल कलेजमा अध्ययनरत छात्रा आफ्नै कोठामा मृत फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:४७:oo

चितवन मेडिकल कलेजमा अध्ययनरत छात्रा आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छिन्।

पाल्पा रामपुर नगरपालिका– ४ घर भई अहिले  कास्की पोखरा बस्ने  २३ वर्षीया सिमरन थापा भरतपुर-१० सप्तगण्डकी चोकमा रहेको आफू सुत्ने कोठामै सिलिङ पंखामा सलको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेकी हुन्।

चितवन मेडिकल कलेजमा दन्त चिकित्सक चौथो वर्षमा अध्यनरत मृतक थापा कलेज पोसाकमै थिइन्। आज बिहान १० बजेबाट चलेको परीक्षामा सहभागी विद्यार्थी थापा करिब साढे ११ बजेतिर कोठामा फर्किएकी थिइन्। तर, परीक्षा १ बजे सम्म चलेको थियो।

उनीसँगै कोठामा बस्ने सोही कक्षामा पढ्ने दुईजना साथीहरू परीक्षा सकेर दिउँसो १ बजे कोठामा फर्किँदा थापा झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। 

सप्तगण्डकी चोकको गंगाबहादुर थापाको घरको पहिलो तलामा दुईवटा कोठा र एउटा किचन भाडामा लिएर मृतक थापा र उनका दुई साथी  बस्दै आएका थिए।

साथीहरू आउँदा  ढोकामा चुकुल लगाएको र  चुकुल नखोलेपछि  झ्यालबाट हेर्दा झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। तीनैजना ओरल मेडिसिनको परीक्षा दिन बिहान कोठाबाट सँगै निस्किएका थिए।

विद्यार्थीहरूले भने परीक्षाहलमा सम्मिलित शिक्षकले जबर्जस्ती मानसिक तनाव दिएर निकालेको र सोपश्चात् उनले आत्महत्या गरेको आरोप लगाउँदै विद्यार्थी संघर्ष समितिमार्फत आन्दोलनमा उत्रिएका छन्। यस विषयमा कलेज प्रशासनसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेको छैन।