१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई दबाब र प्रभावबाट मुक्त राखाैँ : एकीकृत समाजवादी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:३o:oo

नेकपा एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई दबाब र प्रभावबाट मुक्त राख्न आग्रह गरेको छ। एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले आज विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन्। 

नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनको दायरा बढ्दै जाँदा यस काण्डको अनुसन्धानलाई नाजायज प्रभाव पार्ने ‘दौडधुप’ भइरहेको विज्ञप्तिमा उल्लेख छ।

महासचिव भुसालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विगतमा यस्ता कैयन् घटना स्थार्थ समूहका दबाबका कारणले ढाकछोप भएका छन् । तसर्थ, कुनै पनि शक्तिले कुनै पनि बहानामा पार्ने कुनै पनि दबाब वा प्रभावबाट यो काण्डको अनुसन्धान र कारबाही प्रक्रिया कमजोर हुन नजाओस् र सबै दोषीहरूमाथि कारबाही गर्न सरकार दृढतापूर्वक अघि बढोस् भन्ने कुरामा हाम्रो पार्टी जोड दिन्छ।’

एकीकृत समाजवादीले निष्पक्ष अनुसन्धान र पारदर्शी कानुनी कारबाहीका लागि आवश्यक दबाब सिर्जना गर्नसमेत सबैमा अपिल गरेको छ।