१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १३:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सांसद कार्कीको प्रश्न– सदन एक भ्रष्टाचारीले अर्को भ्रष्टाचारी जोगाउने प्रहसन स्थल हो ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १३:१५:oo

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले नक्कली भुटानी शरणार्थी प्रकरणमा देशका ठूला निकाय र नेताहरू नै संलग्न रहेको आरोप लगाएकी छिन्।

मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बाेल्दै उनले सदन भ्रष्टाचारीलाई जोगाउने प्रहसन स्थलजस्तो भएको बताइन्। उनले सबै सांसदको सम्पत्ति संसद् सचिवालयको वेबसाइटमा तत्काल सार्वजनिक गरी त्यसको स्रोत खोज्न निर्देशन दिनसमेत सभामुखसँग माग गरिन्।

‘यो सदन देश निर्माण गर्न छलफल गर्ने ठाउँ हो कि एक भ्रष्टाचारीले अर्को भ्रष्टाचारीलाई जोगाउने प्रहसन स्थल हो ? नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश लैजाने काममा देशका ठूलाठूला निकाय र राजनेताहरू संलग्न भएको कुरा बाहिर आइरहेको छ। प्रहरीद्वारा पक्राउ पुर्जी जारी गर्दासमेत जोगाउन खोजिएको छ। एकले अर्कालाई जोगाइरहने, काण्डैकाण्ड गरिरहने अनि देश डुबाइरहने ?’ सांसद कार्कीले भनिन्।