१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १२:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काभ्रेकाे गहतेमा गुरु रिम्पोछेको ४३ फिट अग्लो मूर्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:४८:oo

काभ्रे जिल्लाकै ठूलो गुरु रिम्पोछे पद्मसम्भवको मूर्ति नमोबुद्ध नगरपालिका– ९ गहतेमा बनेको छ। गुरु रिम्पोछेको ४३ फिट अग्लो प्रतिमा निर्माण गरिएको हो।

बुद्धमूर्ति निर्माण उपभोक्ता समितिमार्फत सो स्थानमा गुरु पद्मसम्भवको जिल्लामै अग्लो प्रतिमा निर्माण गरिएको समितिले जनाएको छ। विभिन्न आर्थिक वर्षमा गरी वडाबाट ५० लाख, बागमती प्रदेश सरकारको २५ लाख, स्थानीयको सहयोग ३० लाख र श्रमदानसमेत गरी करिब एक करोड १५ लाखको अनुमानित लागतमा प्रतिमा स्थापना गरिएको उपभोक्ता समितिका अध्यक्ष दलबहादुर तामाङले जानकारी दिए। उनका अनुसार प्रतिमा निर्माणस्थलमा पर्खाल निर्माणका लागि थप २५ लाख विनियोजन भएको थियो।

प्रतिमामा सोमबार प्राण प्रतिष्ठान गरिएको छ। धर्म गुरु क्याब्जे खेन्टुल ग्याङखाङ रिम्पोछे, नमोबुद्ध नगरप्रमुख कुनसाङ लामा र उपप्रमुख रत्नबहादुर लामाले संयुक्त रूपमा प्रतिमा अनावरण गरेका हुन्।

नगरप्रमुख लामाले सो स्थानमा अन्य पूर्वाधारसमेत निर्माण गर्न बाँकी रहेको भन्दै संघ, प्रदेश र स्थानीय सरकारबाट पनि बजेट विनियोजन गर्ने बताए। धर्मगुरु रिम्पोछेले गुरु पद्मसम्भवको प्रतिमा स्थापनाले सो क्षेत्रमा धार्मिक पर्यटनको सम्भावना बढ्नुको साथै प्रगति हुने विश्वास व्यक्त गरे।