मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ९ मंगलबार
  • Tuesday, 26 September, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख २६ मंगलबार १२:३७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बजेटमा प्रादेशिक सन्तुलन कायम हुनुपर्छ : खिमलाल देवकोटा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख २६ मंगलबार १२:३७:००

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले बजेटमा प्रादेशिक सन्तुलन कायम गर्नुपर्ने बताएका छन्। राष्ट्रिय सभाको मंगलबारको बैठकमा सरकारबाट प्रस्तुत आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल गर्दै उनले यस्तो बताएका हुन्।

अनिवार्य दायित्वका विषयबाहेक प्रदेश र स्थानीय तहमा जाने ससर्त अनुदानको रकम वित्तीय सम्मनीकरण अनुदानमा थप गर्न उनको आग्रह छ। नेपालको बजेट वितरणको सबैभन्दा ठूलो समस्या प्रधानमन्त्री, मन्त्री र केही ठूला नेताहरूको निर्वाचन क्षेत्रमा केन्द्रित गराउने परम्परा रहेको भन्दै उनले त्यसलाई तोड्न आवश्यक रहेको बताए।

‘बजेटमा प्रादेशिक सन्तुलन कायम गर्नुपर्छ। त्यो नबिर्सिनुहोला। नेपालको बजेट वितरणको सबैभन्दा ठूलो समस्या नै यही हो। बजेटको सबैभन्दा ठूलो हिस्सा, प्रधानमन्त्री, मन्त्री र केही ठूला नेताहरुको निर्वाचन क्षेत्रमा केन्द्रित गराउने परम्परा पहिलादेखिकै हो। यो सुध्रिएको छैन, सुधार होस्। निजामती कानुन ल्याउन सकिएको छैन। यो मुलुक कसले चलाएको छ ?’ सांसद देवकोटाले भने।