मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o बैशाख २६ मंगलबार
  • Sunday, 13 July, 2025
२o८o बैशाख २६ मंगलबार १२:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वृद्धभत्ताबाट विद्यालयमा अक्षयकोष स्थापना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख २६ मंगलबार १२:२५:oo

धादिङका एक वृद्धदम्पतीले वृद्धभत्ताबाट विद्यालयमा अक्षयकोष स्थापना गरेका छन्। जिल्लाको ज्वालामुखी गाउँपालिका– २ पोखरीचोकका खड्कनारायण श्रेष्ठ र उनकी श्रीमती यमकुमारी श्रेष्ठले नेपाल सरकारबाट पाउने वृद्धभत्ताबाट चौरासी सिद्धपूजाको अवसरमा गाउँकै ठूलोचौर माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन्।

विद्यालयमा एक समारोहको आयोजना गरी वृद्धदम्पतीले प्रधानाध्यापक श्यामकुमार श्रेष्ठलाई अक्षयकोष स्थापनाका लागि दुई लाख एक हजार एक सय ११ रुपैयाँबराबरको चेक दिएका हुन्। ‘बुढेसकालमा काम गर्न नसक्ने अवस्थामा खान, लाउन सहज होस् भनेर सरकारले वृद्धभत्ता दिएको हो। तर, आफूहरूलाई खान, लाउन कुनै समस्या छैन। दुई भाइ छोरा, दुई बहिनी छोरी छन्। कुनै पनि बालबालिका शिक्षाको पहुँचबाट बन्चित हुन नपरोस्। गरिबीको रेखामुनि रहेका बालबालिकालाई सहयोग पुग्ने अपेक्षाले विद्यालयमा अक्षयकोष स्थापना गरिदिएका हौँ,’ वृद्ध दम्पतीले भने।

आफूले पाएको भत्ता संकलन गरी राखेको र विद्यालयमा अक्षयकोष स्थापना गरिदिएको उनीहरूले बताएका छन्। कार्यक्रमकै अवसरमा वृद्ध दम्पतीले अक्षयकोष स्थापनासँगै विद्यालयका ७८ जना विद्यार्थीलाई स्टेसनरी सामग्री तथा विद्यालयका लागि चेस बोर्डलगायतका सामग्री पनि दिएका छन्।