
नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राविधिक समस्या देखिएको श्री एयरलाइन्सको ९एन–एएनई (डिएचसी–८–४०२) जहाज उडानमा प्रतिबन्ध लगाएको छ।
जहाजको ल्याण्डिङ गिएरमा समस्या देखिएपछि प्राधिकरणले सूचना जारी गर्दै अर्को सूचना नआउन्जेलका लागि उक्त जहाज सञ्चालनमा रोक लगाइएको हो। यसअघि शनिबार धनगढी विमानस्थलमा पनि सो जहाजमा सोही समस्या देखिएको थियो।