१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका नेपालगञ्ज
Invalid date format १३:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतमा कोरोना फैलिएसँगै नेपालगन्ज नाकामा सतर्कता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नेपालगञ्ज
नयाँ पत्रिका
Invalid date format १३:५o:oo

नेपालगन्ज नाकामा पछिल्ला दिनमा दैनिकजसो कोरोना संक्रमित फेला पर्न थालेपछि सतर्कता बढाइएको छ। 

भारतबाट आएका व्यक्तिलाई नेपालगन्ज नाकामा परीक्षण गरी संक्रमण पुष्टि भए होम आइसोलेसनमा पठाउने गरिएको छ। 

सुरुमा कोरोना माहामारी फैलिँदा नेपालगन्जस्थित जमुनाह नाकामा ‘हेल्थ डेस्क’ राखिएको थियो। हाल हेल्थ डेस्कमा २२ जना कर्मचारी कार्यरत छन्। 

गत चैत ३ गतेदेखि आइतबारसम्म नाकामा परीक्षण गर्दा एक सय एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ। 
    
नाकामा एन्टिजेन परीक्षण गरी कोरोना पुष्टि भएकालाई नाकामै परामर्शका साथै औषधिसमेत दिइन्छ। तर, नाकामा आइसोलेसनमा राख्ने व्यवस्था नभएकाले होम आइसोलेसनमा पठाउने गरिएको छ। 

कोरोना महामारी सुरु भएपछि हालसम्म नाकामा एक लाख १५ हजारवटा नमुना परीक्षण भइसकेको छ। 

नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीले कोरोना संक्रमितको संख्या बढ्न थालेको भन्दै कोरोना संक्रमण पुष्टि भएकाहरूमा कुन भेरियन्ट हो भन्ने पत्ता नलागेको बताए। 

कोरोना संक्रमण पुष्टि भएकाहरूलाई स्वास्थ्यकर्मीको निगरानीमा स्थानीय तहको रोहवरमा होम आइसोलेसनमा व्यवस्थापन गरिरहेको उनको भनाइ छ।