
स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र मुक्तिनाथ विकास बैंकबीच एससिटी–युपिआई डेबिट कार्ड सेवा सञ्चालनका लागि सम्झौता सम्पन्न भएको छ।
सम्झौतापत्रमा स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजू र मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले हस्ताक्षर गरेका हुन्। यो सम्झौताले नेपालको समग्र डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने विश्वास गरिएको छ।