१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘देशको जनशक्ति व्यवस्थापनका लागि छुट्टै मन्त्रालय आवश्यक’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:२२:oo

राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले जनशक्तिको सही उपयोगका लागि छुट्टै मन्त्रालय बनाउनुपर्ने माग गरेकी छिन्। 

सरकारले प्रस्तुत गरेको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे सदनमा छलफलमा सहभागी हुँदै सोमबार उनले यस्तो माग गरेकी हुन्। 

नेपालमा पर्याप्त जनशक्ति रहेको र त्यसको सही उपयोग गर्न आवश्यक रहेको बताउँदै उनले जनशक्तिको सही उपयोगका लागि छुट्टै मन्त्रालय आवश्यक रहेको औँल्याइन्। 

तत्काल मन्त्रालय बनाउन नसके स्वास्थ्य मन्त्रालयको छुट्टै विभागका रूपमा भने पनि स्थान दिनुपर्ने उनको तर्क थियो। उनले इन्धनको आयातका कारण बजेट घाटा भएको भन्दै विद्युतीय ऊर्जाको बढी प्रयोग गर्ने कुरा बजेटमा प्राथमिकता हुनुपर्ने बताइन्।