मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०८० बैशाख २५ सोमबार ११:२४:००
Read Time : < 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

गजल महोत्सवमा दीपिन सिजापति प्रथम

Read Time : < 1 मिनेट
२०८० बैशाख २५ सोमबार ११:२४:००

गोकर्णेश्वर नगरपालिकाले आयोजनाम गरेको राष्ट्रिय प्रतियोगितात्मक गजल महोत्सवमा दैलेखका दीपिन सिजापति प्रथम भएका छन् । शनिबार आरुबारीमा सम्पन्न प्रतियोगितामा लमजुङकी मुना बोहरा द्वितीय र लमजुङकै प्रज्वल अधिकारी तृतीय भएका छन् । 

त्यस्तै, भिजन गुरागाईं, जगतबहादुर खड्का, लक्ष्मण ढकाल, संयोग बस्याल र प्रकाश समीरले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । पुरस्कृत गजलकारहरूलाई कार्यक्रमका सभापति गोकर्णेश्वर नगरपालिका प्रमुख दीपककुमार रिसाल तथा प्रमुख अथिति वरिष्ठ गीतकार यादव खरेललगायत अतिथिले नगद र प्रमाणपत्र प्रदान गरेका थिए । पुरस्कृत गजलकारहरूमध्ये प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ६० हजार, ४० हजार र ३० हजार रुपैयाँ तथा सान्त्वना पुरस्कार जनही २० हजार रुपैयाँ प्रदान गरिएको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले नगरपालिकालाई साहित्यिक हब बनाउने उद्देश्यका साथ विगत ३ वर्षदेखि साहित्यका विविध विधामा प्रतियोगिता गरिरहेको जानकारी दिए । वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले गजल विधामा युवापुस्ताको आकर्षण लोभलाग्दो रहेकाले यो विधाको राम्रो सम्भावना रहेको बताए ।

पूर्वमन्त्री रामेश्वर फुयाँल, वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेलगायतका वक्ताले गोकर्णेश्वर नगरपालिकाले साहित्यिक क्षेत्रमा देखाएको उत्सुकता धेरैका लागि प्रेरणादायी रहेको बताए । प्रतियोगितामा देशका विभिन्न क्षेत्र र विदेशबाट समेत गरी चार सय ५६ वटा गजल प्राप्त भएको थियो ।