१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
एजेन्सी कायरो
२o८१ बैशाख २१ शुक्रबार १o:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

सिरिया १२ वर्षपछि अरब लिगमा पुनः सामेल

Read Time : < 1 मिनेट
एजेन्सी, कायरो
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:२९:oo

इजिप्टको राजधानीमा आइतबार भएको अरब लिगको असाधारण बैठकमा अरबका विदेशमन्त्रीहरूले १२ वर्षको निलम्बनपछि लिगमा सिरियाको सदस्यता पुनः स्थापित गर्ने निर्णय गरेका छन् । मन्त्रीस्तरीय अरब लिग परिषद्को बैठकले मे ७, २०२३ सम्म अरब लिग काउन्सिल र यसका सबै संगठन र निकायको बैठकमा सिरिया सरकारका प्रतिनिधिमण्डलको सहभागिता पुनः सुरु गर्ने निर्णय गरेको छ ।

अरब विदेशमन्त्रीहरूले ‘सिरियालाई संकटबाट बाहिर निकाल्ने’ प्रयासलाई तीव्र पार्नुपर्ने आवश्यकतामा पनि सहमति जनाएका छन् । उनीहरूले सिरियाको सार्वभौमिकता, क्षेत्रीय एकता, स्थिरता र क्षेत्रीय अखण्डतालाई ‘अरब लिग बडापत्र’ र यसका सिद्धान्तका आधारमा संरक्षण गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् । 

जोर्डन, साउदी अरब, इराक, लेबनान, इजिप्ट र अरब लिगका महासचिव सम्मिलित एक समिति गठन गर्न पनि सबै देशका विदेशमन्त्रीहरू सहमत भएका छन् । समितिले ‘सिरियाली संकटको विस्तृत समाधानमा पुग्न’ सिरियाली सरकारसँग प्रत्यक्ष संवाद जारी राख्नेछ । गत साता जोर्डनको राजधानी अम्मानमा भएको बैठकमा जोर्डन, साउदी अरब, इराक, इजिप्ट र सिरियाका विदेशमन्त्रीहरूबीच सिरियाको सदस्यता पुनः स्थापित गर्ने सहमति बनेको थियो । अम्मान बैठक जोर्डनको नेतृत्वमा सिरियासँग अरब सामान्यीकरणका लागि गरिएको पहलको एक हिस्सा थियो । 

सन् २०११ मा लिगबाट निलम्बित सिरियाको सदस्यता पुनर्बहालीमा अम्मान वार्ताले महत्वपूर्ण भूमिका निभाएको मानिन्छ । सिरियाको अवस्थाबारे छलफल गर्न गत अप्रिलको मध्यतिर जोर्डन, इजिप्ट र इराकका साथै ‘गल्फ कोअपरेसन काउन्सिल(जिसिसी)’का सदस्य राष्ट्रहरूको साउदी अरबको जेद्दामा पनि मन्त्रीस्तरीय बैठक भएको थियो । 

ad
ad