१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
तस्बिर : नयाँ पत्रिका अर्काइभ ।
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस महामन्त्री थापाले भने - ‘अब त अति भयो’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:o३:oo

कांग्रेस महामन्त्री गगन थापाले पार्टीभित्रका गतिविधिप्रति चरम असन्तुष्टि जनाएका छन्। 

आज सामाजिक सञ्जालमार्फत आफ्ना असन्तुष्टि सार्वजनिक गर्दै उनले अब अति भएको उल्लेख गरेका छन्। 

पार्टीको संस्थापन पक्षबाट प्रक्रिया, पद्धति मिचेर एकलौटी निर्णय भइरहेकोतर्फ संकेत गर्दै उनले जिम्मेवारी बोध गर्दै आफू धेरैपटक मौन बसेको बताएका छन्। 

उनले लेखेका छन् – ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरैपटक लाग्यो प्रतिरोध गरूँ, तर हरेकपटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ,’ उनले अगाडि लेखेका छन्, ‘त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडेँ, साथीहरूलाई सम्झाएँ, तर अब त अति भयो।’

थापाले पार्टीभित्र रूपान्तरणको लागि लामो समयदेखि संघर्ष गर्दै आएका छन्। उनले पार्टीको संस्थापनका गतिविधितर्फ स्पष्ट संकेत गर्दै पहिलोपटक चरम असन्तुष्टि व्यक्त गरेका हुन्।