१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १८:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दोधाराचाँदनीमा सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार गर्ने चारजना पक्राउ

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १८:३१:oo

कञ्चनपुरको दोधाराचाँदनीमा सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ। दोधाराचाँदनी नगरपालिका– ७ कन्जभोजस्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बिओपी)मा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्रसिंह चैसिरमाथि कुखुरी प्रहार गर्ने समूहका चारजनालाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रकाश डाँगीका अनुसार सई चैसिरमाथि कुखुरी प्रहार गर्ने रोशन बयक, दीपक विष्ट, रोशन नेपाली र विक्रम नेपाली पक्राउ परेका हुन्। 

ड्युटीमा रहेका सइ चैसिरमाथि उक्त समूहसहितका केही युवाले खुकुरी प्रहार गरेर भागेका थिए। उनीहरूविरुद्ध ज्यान गर्ने उद्योगअन्तर्गत मुद्दा चलाइने कञ्चनपुर प्रहरी प्रवक्ता डाँगीले बताए। घाइते सइ चौसिरको दायाँ पाखुरामा चोट लागेको छ। उनी अहिले उपचाररत छन्।

तस्करी गर्न नदिएको झोँकमा आक्रमण भएको सशस्त्र प्रहरीले जनाएको छ। डेढ वर्षअघि पनि दोधाराचाँदनी– ८ सुन्दरनगर क्षेत्रमा तस्कर समूहले एक सशस्त्र प्रहरी जवानमाथि आक्रमण गरेको थियो। मोटरसाइकलमा भारतबाट गैरकानुनी रूपमा चिनी ल्याइरहेको अवस्थामा नियन्त्रणमा लिन खोज्दा सशस्त्र प्रहरी जवान सुदीप सुनारमाथि आक्रमण भएको थियो।