१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘सडक आश्रित मानवमुक्त नेपाल’ बनाउन सहयोग गर्ने उपप्रधानमन्त्री श्रेष्ठको आश्वासन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:o५:oo

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले ‘सडक आश्रित मानवमुक्त नेपाल’ बनाउन सक्दो प्रयत्न गर्ने बताएका छन्। शनिबार बिहान काठमाडौंको वनस्थलीस्थित मानव सेवा आश्रममा पुगेका उनले यस्तो बताएका हुन्।

‘मानव सेवाजस्ता कामको निरन्तरताका प्रक्रियालाई अगाडि बढाउन र यसलाई सफल पार्न नेपाल सरकारको तर्फबाट र मेरोतर्फबाट व्यक्तिगत रूपमा पनि म सधैँ तपाई‌हरूको साथमा रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,’ श्रेष्ठले भने।

प्रधानमन्त्री प्रचण्डले राम्रो कामलाई आत्मासात गर्दै सकेको सहयोग गर्ने नीति लिएको उल्लेख गर्दै उनले आश्रमले गरेको मानवीय सेवा सञ्चालनमा ल्याइराख्न सहयोग गर्ने आश्वासन दिए। मन्त्री श्रेष्ठले आश्रमको सहयोगका लागि त्यहाँका पदाधिकारीहरूसँग केही दिनमै प्रधानमन्त्रीको भेट गराउनेसमेत बताए।