१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १o:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

शिवप्रसाद घिमिरे महासंघको यातायात तथा पारवहन समितिको सभापतिमा चयन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:१५:oo

नेपाल उद्योग बाणिज्य महासंघको स्थल यातायात तथा पारवहन समितिको सभापतिमा कार्यकारिणी सदस्य शिवप्रसाद घिमिरे चयन भएका छन् । गत चैतमा सम्पन्न महासंघको अधिवेशनबाट बस्तगुत समूहतर्फबाट कार्यकारिणी सदस्यमा निर्वाचित भएका घिमिरेलाई अध्यक्ष चन्द्रप्रसाद ढकालले सो समितिको सभापति चयन भएको पत्र दिएका हुन् । 

३ बैशाखमा सम्पन्न कार्यकारिणी समितिको बैठकबाट अध्यक्ष ढकाललाई विभिन्न समितिको अध्यक्ष मनोनित गर्ने अधिकार दिइएको थियो । त्यसपछि गत बिहीबारको निर्णयबाट कार्यकारिणी सदस्य घिमिरेलाई स्थल यातायात तथा पारवहन समितिको सभापमिा चयन गरिएको हो । सो समितिले गरेको कार्य गतिविधिबारे प्रत्येक ६–६ महिनामा प्रतिवेदन बनाई जानकारी गराउनुपर्ने सर्त राखिएको छ ।

एसजी ग्रुपका अध्यक्ष घिमिरेको पेट्रोलियम तथा ग्यास उद्योगमा मुख्य लगानी छ । उनी सबैभन्दा धेरै ग्यास उद्योगका संचालकसमेत हुन् । उनको स्वामित्वमा एभरेष्ट, त्रिशुल, प्रिमा, सैपाल, सहारा, सुगम र कामख्या गरी सात ग्यास उद्योग छन् । त्यस्तै सुनसरी, बारा र काठमाडौंमा गरी पाँच वटा पेट्रोलपम्प संचालन गरिरहेका छन् ।

उनी निर्यातमुलुक कत्था उत्पादक संघको अध्यक्षसमेत हुन् । उनले सिन्धुलीमा चुनढुङ्गा खानी रहने गरी गरुड सिमेन्ट उद्योग संचालनको प्रकृया शुरु गरेका छन् । उनको लगानीमा बझाङ, संखुवासभा र भोजपुरमा पाँच वटा जलविद्युत आयोजना निर्माणधिन अवस्थामा छन् ।

उनले नेपालमै विद्युतीय सवारी साधनको उत्पादन गर्ने उद्देश्यले बारामा प्लान्ट निर्माण प्रकृयासमेत अघि बढाइसकेका छन् । उनको व्यापार, उत्पादन/निर्माण, जलविद्युत, पेट्रोलियम, सेवा, कृषि र बैंकिङ क्षेत्रमा गरी कूल ३९ वटा उद्योग, व्यवसाय छन् ।


 

ad
ad