१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १५:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

धादिङमा विपत् पूर्वतयारी र प्रतिकार्यका लागि संयुक्त अभ्यास, अल्छीडाँडामा नाइटभिजन हेलिप्याड बनाइने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १५:१४:oo

धादिङको नीलकण्ठ नगरपालिका– ४ अल्छीडाँडामा शुक्रबार विपत् पूर्वतयारी र प्रतिकार्यका लागि संयुक्त अभ्यास कार्यक्रम गरिएको छ।  विपतबाट हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले ‘अभ्यास मनसुन– ३’ आयोजना गरिएको हो।

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस, जनप्रतिनिधिलगायत सरोकारवालाहरूको समन्वयमा बस्ती पहिरोमा परेर निम्तिएको विपत्तिमा परेकाको उद्धार अभ्यास गरिएको थियो। विपत्तिबाट निम्तिन सक्ने थप सम्भावित विपत्ति हुनबाट जोगाउने अभ्याससमेत गरिएको थियो।

पहिरोमा पुरिएर घाइते भएकाहरूको प्राथमिक उपचार र थप उपचारका लागि सकभर चाँडै स्वास्थ्य संस्थामा पुर्‍याउनुपर्ने र नआत्तिई सबैले सहकार्य गरे उद्धारलाई छिटो गरी थप विपत्ति रोक्न सकिने सन्देश अभ्यास कार्यक्रममार्फत दिइएको नेपाली सेनाको शिवदल गण गजुरीका गणपति प्रमुख सेनानी अशोकराज बरालले बताए।

प्रमुख जिल्ला अधिकारी रमेश ढकालले उद्धारका लागि आवश्यक उपकरण छ–छैन, विपत्ति आए उद्धारका लागि तयारीको मापन र उपकरण छ भन्ने जानकारीका लागि नमूना प्रदर्शन गरिएको बताए।

अल्छीडाँडामा नाइटभिजन हेलिप्याड बन्ने
नीलकण्ठ– ४ अल्छीडाँडामा नाइट भिजन हेलिप्याड निर्माण गरिने भएको छ। अभ्यास कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिका महासंघका अध्यक्ष एवं नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाले नमुना अभ्यास गरिएको मैदानमा नाइटभिजन हेलिप्याड निर्माण गरिने बताए।

‘भौगोलिक हिसाबले धादिङ डाँडाकाँडा धेरै, समथर भूभाग कम भएको जिल्ला हो,’ उनले भने,  ‘वर्षा लागेसँगै पहिरो कुन बेला खस्ने हो ? हाम्रो ज्यान बच्छ कि बच्दैन भन्ने चिन्ता हुन्छ।’

विगतमा जिल्ला सदरमुकाम धादिङबेँसी आइपुगेका बिरामी समयमै धादिङबाहिरका ठूला अस्पतालमा पुर्‍याउन नसक्दा अकालमै ज्यान गुमाएका उल्लेख गर्दै उनले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन नाइटभिजन हेलिप्याड बनाउने योजना बनेको बताए।

यथाशीघ्र लागत स्टीमेट तयार गरी अन्यत्रका नाइटभिजन हेलिप्याड अवलोकन गरेर तत्काल यहाँ निर्माण कार्य थालनी गर्ने प्रमुख ढुंगानाले बताए।

ad
ad