१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
फाइल तस्बिर
२o८१ जेठ ५ शनिबार १३:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

लुम्बिनी परिसरमा आजदेखि हर्न निषेध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १३:४७:oo

लुम्बिनी विकास कोषले आजदेखि लुम्बिनी परिसरभित्र हर्न निषेध गरेको छ। लुम्बिनीलाई शान्त, सुन्दर र ध्यानयोग्य बनाउन बुद्धजयन्तीकै दिनदेखि लुम्बिनी परिसरलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको कोषका सदस्यसचिव सानुराजा शाक्यले बताए।

‘लुम्बिनी एउटा पवित्रस्थल हो। यहाँ विभिन्न मुलुकबाट ध्यान गर्न, शान्त रहन आउने हुँदा हामीले लुम्बिनी परिसरभित्र हर्न निषेध गर्ने निर्णय गरेका छौँ,’ सदस्यसचिव शाक्यले भने। यो निर्णय आजकै दिनदेखि लागू हुने उनले बताए।

२५६७औं बुद्धजयन्ती एवं लुम्बिनी दिवसका अवसरमा लुम्बिनी विकास कोषले शोभायात्रा र सम्मेलन केन्द्रमा मूल समारोह तथा भोजन दानको कार्यक्रम आयोजना गरेको छ। मूल समारोहको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन्।

ad
ad