१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १५:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महिलालाई विज्ञापनको साधन बनाइनुहुँदैन : मन्त्री शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:o८:oo

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महिलालाई विज्ञापनको साधन बनाइनु नहुने बताएकी छिन्। बिहीबार ललितपुरमा आयोजित ‘विज्ञापनमा लैंगिक उत्तरदायित्व’ विषयक छलफल कार्यक्रममा उनले यस्तो बताएकी हुन्।

कतिपयले महिलाको सुन्दरताका कारण विज्ञापनमा देखिने गरेको भने पनि सुन्दरताका लागि मात्रै महिला विज्ञापनको साधन बन्ने कुरा आफैँमा गलत रहेको मन्त्री शर्माको भनाइ छ। विज्ञापनको कन्टेन लैंगिक संवेदनशील हुनुपर्नेमा उनको जोड छ।

‘विज्ञापनको कन्टेन लैंगिक संवेदनशील हुनुपर्छ। त्यसले कुनै विषयमा कतै पनि घोचपेच गरिएको हुनुहुँदैन। हाम्रो संविधान, कानुन, भएको कुरा उल्लंघन भएको हुनुहुँदैन । महिलालाई विज्ञापनको साधन बनाउनुहुँदैन । कुनै पनि कुराको विज्ञापन गर्दा महिला नै छनोट हुनुपर्ने किन ? विभिन्नखाले विज्ञापन हुन्छन् । महिलाको सुन्दरताका कारणले पनि होला भन्नुभयो– तर, त्यसो हो जस्तो मलाई लाग्दैन । सुन्दरता हरेक वस्तुमा हुन्छ, पुरुषमा हुन्छ, महिलामा हुन्छ । समाजका हरेक वस्तुमा हुन्छ, सुन्दरताकै कारण विज्ञापनको साधन बन्नुपर्छ भन्ने कुरा आफैँमा बेठीक छ,’ उनले भनिन्।