१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १३:३o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

व्यवसायी शंकर कँडेल आत्महत्या दुरुत्साहनमा दुईविरुद्ध पक्राउ पुर्जी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:३o:oo

चितवन कांग्रेसका नेता एवं पोल्ट्री व्यवसायी श‌कर कँडेल मृत्यु प्रकरणका आरोपी दुईजनालाई पक्राउ पुर्जी जारी भएको छ। 

परिवारले किटानी जाहेरी दर्ता गराएसँगै अदालतले उनीहरूविरुद्ध पुर्जी जारी गरेको हो। मृतक शं‌कर कँडेल मंगलबार साँझ आफ्नै कार्यालय नारायणगढमा मृतावस्थामा भेटिएका थिए।

परिवारका तर्फबाट कँडेलले आत्महत्या गर्नुको कारण कम्पनीको ८५ प्रतिशत सेयर खरिद गरेका व्यवसायी प्रदीप रुँगटा र कँडेलकै कम्पनीमा कार्यरत लेखा प्रमुख जीवन रावल रहेको उल्लेख छ।
 
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले अपराध महाशाखा, सिआइबी, सिमानाकालगायतमा खबर गरेर देशभरका प्रहरी युनिटसँग समन्वय  भएको बताए। यो घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन आफू प्रतिबद्ध भएर लागेको उनले बताए।  

आत्महत्या दुरुत्साहनका आरोपीलाई छिटो प्रकाउ गर्न दबाब 

अपराधीलाई छिटो नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाउन परिवार र चितवनका व्यवसायी संस्थाहरूले अनुरोध गरेका छन्।  उनीहरूले आत्महत्या दुरुत्साहनका आरोपी प्रक्राउ नपरेसम्म शवसमेत नबुझ्ने बताएका छन्। 

उद्योग वाणिज्य संघ चितवन र उद्योग संघ चिवतनले  जिल्ला प्रहरी कार्यालय र प्रशासन कार्यलयमा ज्ञापनपत्रसमेत बुझाएको छ। निजी क्षेत्रको अगुवाइमा बिहीबारदेखि तत्काल पक्राउ गर्न दबाबस्वरूप आन्दोलनका कार्यक्रमसमेत घोषणा भएको छ। 

जसअनुसार बिहीबार जिल्ला प्रहरी कार्यालय चितवनअगाडि ११ः३० बजे धर्ना दिने बिहीबारसम्म पनि दोषी पक्राउ नभए थप आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने उद्योग संघ चितवनका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए। 

मृतक शंकर कँडेल मंगलबार साँझ आफ्नै कार्यालय नारायणगढमा मृतावस्थामा भेटिएका थिए। केही महिनाअघि कँडेलले आफ्नो नेतृत्वको अनमोल फिड्स प्रालिको सेयर रुँगटालाई बेचेका थिए। 

डेढ दशकदेखि उनले यो फिड्स चलाउँदै आएका थिए। सेयर बिक्रीपछि आन्तरिक हिसाब मिलानका क्रममा रुँगटा र रावलले मानसिक दबाब दिएको सुसाइट नोटमा उल्लेख भएको बताइएको छ। 

परिवारका अनुसार बिक्री सेयरबापतको रकमसमेत रुँगटाले कँडेललाई दिएका छैनन्। प्रहरीको प्रारम्भिक अध्ययनले पनि आर्थिक कारणले नै आत्महत्या भएको देखिन्छ। 

मृतक ५२ वर्षीय कँडेल भरतपुर महानगरपालिका– ८ निवासी हुन्। उनी कांग्रेसका पूर्वकोषाध्यक्ष, वर्तमान महासमिति सदस्य एवं उद्योग वाणिज्य संघ चितवनका पूर्वकार्यसमिति सदस्य पनि हुन्। उनको नाम नेपालको उत्कृष्ट पोल्ट्री व्यवसायीमध्येमा आउने गर्थ्याे।